११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–११ गेर्खुका २२ वर्षीय राजकुमार नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते बलात्कार गरोको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित नेपालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललिता ढकालले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते त्रिशूली अस्पतालमा गरिएको छ ।