३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जोशीपुर गाउँपालिका–१ घर भइ हाल बागलुङ नगरपालिका बस्ने २६ वर्षीय पुरुषलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
धर्म दिदी बनाएको पीडितलाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय भण्डारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।