INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–४  का २४ वर्षीय अमृत दर्जीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ४ गरिएको छ ।

अन्य

भिडियो