५१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का ४३ वर्षीय धनबहादुर मगरलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ३१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महिला सेल इञ्जार्च उमा गुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ३१ गते गरिएको छ ।