INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा अभक्ष कोच्याइयो, आरोपित गिरफ्तार

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई ‘बोक्सी’को आरोपमा अभक्ष कोच्याएको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी ३२ वर्षीया पत्नी पुरनीदेवी महतो, ६५ वर्षीया आमा प्रमिलादेवी महतो र २० वर्षीय भाइ अनिल महतोलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको काटिएको अवस्थाको कपालका टुक्राहरू, अभक्ष कोच्याउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र वियरको बोतल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सुकमरिया देवीलाई असोज २७ गते बिहान देख्ने बित्तिकै सिकिन्दरकी १३ वर्षीया छोरी काजलकुमारी रुन थालेपछि आरोपितहरूले ‘बोक्सी’को आरोप लगाएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर रञ्जन मिश्रले बताउनुभयो ।

अन्य

भिडियो