साँफेबगर नगरपालिका–६ भागेश्वरकी २१ वर्षीया शैलजा आउजीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २२ वर्षीय विजय आउजीलाई असोज २४ गते घरबाटै गिरफ्तार गरेको छ ।
आफुसँग विवाह गर्न नमानेको भन्दै आरोपित विजयले असोज २३ गते राती घरमै आएर युवतीमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी तुलसीराम अर्यालले बताउनु भयो ।
खुकुरी प्रहारबाट गर्धन र पिठ्युमा गहिरो घाउ लागेकी सैलजाको वयलपाटा अस्पतालमा उपचार भइरहेको साँफेबगर नगरपालिका–६ भागेश्वरका वडाध्यक्ष प्रेमबहादुर शर्माले जानकारी दिनुभयो ।