३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–६ भगवानपुरका २२ वर्षीय विक्रम चौधरीलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित महिल।लाई असोज १६ गते बलात्कार गरेको भन्दै पीडितकी भाउजुले आरोपित विरुद्ध ईलाका प्रहरी कार्यालय, टिकापुरमा असोज २० गते उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी असोज २२ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका इन्स्पेक्टर लालबहादुर ऐरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २० गते टिकापुर अस्पतालमा गरिएको छ ।