पुचौँडी नगरपालिका–१ स्थित पुचौँडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य चौकी इन्चार्ज हेल्थ असिस्टेन्ट ३० वर्षीय दिपेन्द्र धामी, सोही स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी रतना भण्डारी धामी र २७ वर्षीया अनमी ताराकुमारी साउदलाई आसोज २१ गते साँझ पुचौँडी नगरपालिका–१ का ३५ वर्षीय सुरेन्द्र धनुषेले हातपात तथा दुर्व्यवहार गरेका छन् ।
कोभिड–१९ को खोप आफूलाई नलागएको भन्दै स्वास्थ्य चौकी मै आएर आफूहरुमाथि हातपात तथा गालिगलौज गरी दुर्व्यहार गरेको स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र धामीले बताउनु भयो ।
आरोपित धनुषेको आक्रमणबाट अनमी रतना भण्डारीको सरीरको लुगा समेत च्यातिएको भएपनि प्रहरीले चासो नदेखाएको स्वास्थ्य चौकी इन्चार्ज धामीको आरोप छ ।
घटना लगत्तै असोज २१ गते साँझ पुरघाट प्रहरी चौकीमा अरोपितविरुद्ध लिखित निवेदन दिएको भएपनि प्रहरीले कुनै वास्ता नगरेको पीडितपक्षको आरोप छ ।
पीडितपक्षले दिएको निवेदनका आधारमा घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बोधराज ओझाले बताउनु भयो ।