INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेशीशहर नगरपालिका–८ का २९ वर्षीय राजकुमार दनैलाई असोज २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर जगदिश रेग्मीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा असोज २० गते गरिएको छ ।

अन्य

भिडियो