INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट मोटरसाइकलमा आफ्नो निवासतर्फगइरहेका निधिलाई मोर्चाका दुई जना कार्यकर्ताले मोटरसाइकल रोकी अनुहार र शरीरमा मोबिल खन्याएर भागेको नेकपा एमालेका जिल्ला सचिव लक्ष्मण रेग्मीले बताए ।

निधि एमालेको मेची महाकाली कार्यक्रमको प्रचार प्रसारको काममा रहेको एमालले जनाएको छ । शिक्षक निधिलाई दुर्व्यवहार गर्ने मोर्चाका कार्यकर्ताको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । शिक्षक निधि नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य समेत हुन् ।

अन्य

भिडियो