INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

“महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते जुम्लामा सरकारी तथा गैरसरकारी निकायबिच महिला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

Photo20170306Jumla

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, इन्सेक, महिला तथा बालबालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी कार्यालय र माउण्टेन टुडे दैनिकको समन्वयमा महिला मैत्रीपूर्ण भलिवल खेलको आयोजना गरिएको हो ।

महिला तथा बालकालिका कार्यालयका महिला निरीक्षक तथा सरकारी खेलाडी तर्फको टिम लिडर विन्दु कुवँरले महिला महिलाबिच मनमुटाव नहोस्, सबै महिलाहरू न्यायिक लडाईँ गर्न सकियोस भन्ने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजना गरिएको बताइन् ।

Photo20170306Jumla1

गैरसरकारी संस्थातर्फका प्रतियोगी माया नगरकोटीले महिला महिलाबिच समन्वय भएर एक आपसमा सदभाव कायम रहन खेलले सहयोग पुर्‍याउने बताइन् ।

फागुन २५ गते हुने महिला दिवसको औपचारिक कार्यक्रममा प्रतियोगिहरूलाई प्रमाण-पत्रसहित सम्मान गरिने राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका मानव अधिकार सहायक राजेन्द्र न्यौपानेले बताए ।

Photo20170306Jumla2

अन्य

भिडियो