INSEC Online

📅 २०८३ जेष्ठ २१

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा कैदीबन्दी, व्यवस्थापनमा कठिनाइ

उदयपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनका लागि कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा ५५ जना कैदीबन्दी क्षमता रहेकोमा २ सय ३६ जना कैदीबन्दी रहेका कारागार प्रशासनले जनाएको छ ।

पुरुषतर्फ ९१ जना कैदी र १ सय २६ जना बन्दी छन् भने महिलातर्फ १० जना कैदी र पाँच जना बन्दी छन् ।

कारागार कार्यलय उदयपुरका प्रमुख कुमार खड्काका अनुसार कारागारमा चार जना आश्रित बालिबालिकार तीन जना ज्येष्ठ नागरिक रहेका छन् ।

‘देशभरकै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् ।’–कारागारका प्रमुख खड्काले भन्नु भयो–‘हामीलाई व्यवस्थापन गर्न समस्या भएकाले विभागमा खबर गरेर कैदीहरूको सरुवा गर्ने काम गर्छौँ । तर, अहिलेको अवस्थामा बल्लतल्ल कैदीबन्दीको लागि व्यवस्थापन गरेका छौँ ।”

महिलाका लागि पुरानो भवनलाई कारागारको रुपमा प्रयोग गर्दै आएको पनि उहाँले बताउनु भयो ।

कारागारमा हुने स्वास्थ्य उपचारका बारेमा इन्सेक प्रतिनिधिसँग कुरा गर्दै चौकीदार गणेशकुमार चौधरीले भन्नु भयो–‘२ सय ३६ जना भएको ठाउँमा दैनिक चारपाँच जना बिरामी हुनु सामान्य हो । हामी कसैको स्वास्थ्य समस्या आए कारागार प्रमुखसँग समन्वय गरेर जिल्ला अस्पताल अथवा अन्यन्त्र उपचारका लागि पठाउन अनुरोध गर्ने गरेका छौँ ।’

अन्य

भिडियो