१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–३ बिसलाका १९ वर्षीय दिपेन्द्र नेपालीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैद फैसला भएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको असोज १ गतेको इजलासबाट कसुरदारलाई ६ वर्ष कैदका साथै २ लाख रूपियाँ जरिवाना र क्षतिपूर्तिबापत पीडितलाई १० हजार रूपियाँ दिने फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
पीडितलाई ०७८ असार १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण त्यही दिन दैलेख अस्पतालमा भएको थियो ।