INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई पर्सागढी नगरपालिका-९ बडेरवाका ३१ वर्षीय कमलेश महतो बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २९ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरी अनुसन्धान थालेको जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २९ गते नारायणी अस्पताल वीरगंजमा गरिएको छ ।

अन्य

भिडियो