२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशला नगरपालिका–८ बटौवाका २७ वर्र्षीय अनिल साह रौनियारलाई इलाका प्रहरी कार्यालय धनुषाले भदौ २४ गते गिरफ्तार गरेको छ ।
मिथिला नपा–१० स्थित सुमित गेष्ट हाउमा राखेर भदौ ८ गते आरोपितले बलात्कार गरेको भनी पीडित महिलाले भदौ ९ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितिलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ९ गते नै प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।