INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ २२ गते नौ जनालाई गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित पञ्चपुरी नगरपालिका– ६ का २९ वर्षीय डम्बर वादी, सोहि ठाउँका १७ वर्षीय गणेश वादी, ३५ वर्षीय युवराज शाही, ३० वर्षीय शोभा शाही, २० वर्षीय बाबुराम पुरी, २९ वर्षीय प्रेम बुढाथोकी, २९ वर्षीय तेजबहादुर सार्की, २६ वर्षीय ओम दर्लामी र सोहि नगरपालिका–५ का ३४ वर्षीय प्रेमबहादुर शाहीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले बताउनु भयो ।

पीडित बालिकालाई ०७८ असारमा पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २१ गते आरोपितहरू विरूद्ध इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएको थियो ।

गिरफ्तार गरिएका नौ जनालाई २२ गते नै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्स्पेक्टर टेकबहादुर देउबाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण भदौ २२ गते कर्णाली प्रदेश अस्पताल कालागाउँमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो