INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा पुनः उजुरी माग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुन उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा फागुन १५ गते बसेको पदाधिकारहरूको बैठकले छुट भएका पीडित परिवारसँग उजुरी माग्ने निर्णय गरेको हो ।

पीडितहरूको मागका आधारमा आयोगले चैत १५ गतेसम्म स्थानीय शान्ति समितिको कार्यालयबाट उजुरी लिने व्यवस्था गरेको हो ।

आयोगले छुट भएका बेपत्ता पारिएका परिवारहरूको उजुरी लिन स्थानीय शान्ति समितिको कार्यालयलाई परिपत्र गरेको स्थानीय शान्ति समिति दाङका संयोजक नेत्रप्रकाश पाण्डेले बताए ।

परिपत्र आएपछि स्थानीय शान्ति समितिले उजुरी लिन शान्ति समितिकै कार्यालयमा डेस्क स्थापना गरेको छ । शान्ति समितिका अनुसार दाङमा छुट भएका बेपत्ता पारिएकाहरूका परिवारको उजुरी लिने कार्यसमेत सुरु भइसकेको छ ।

तर, अझैसम्म कसैले उजुरी दर्ता नगरे पनि पीडित परिवार सोधपुछका लागि आइसकेको शान्ति समितिले जनाएको छ । दाङमा यसअघि १ सय २९ जनाले बेपत्ता नागरिकको खोजवीनका लागि उजुरी दर्ता गरेका थिए ।

अन्य

भिडियो