१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ।
पीडितलाई आरोपितहरुले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितहरुलाई सोही दिन गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडिको स्वास्थ्य परीक्षण भदौ १५ गते जिल्ला अस्पताल स्याङजामा गरिएको छ ।