२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–११ का २३ वर्षीय पदमबहादुर भण्डारीलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई गौरीफन्टा नाका हुँदै भारत लैजादै गरेको अवस्थामा भदौ १४ गते शान्ति पुनस्र्थापना केन्द्र, कैलालीले प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
पीडित पक्षले भदौ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित युवतीलाई शान्ति पुनस्र्थापना केन्द्र, धनगढीमा राखिएको र पीडितका आफन्तहरु सम्पर्कमा आएपछि जिम्मा लगाइने शान्ति पुनस्र्थापना केन्द्रका प्रमुख उमेश शिवाकोटीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।