INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रतन्छा गाविस-३ का ५१ वर्षीय टिकाराम दमाईविरुद्ध फागुन १५ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई फागुन ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले फागुन १२ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएका दमाईविरुद्ध ‘जबरजस्ती करणी’ महलअन्तर्गतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सई मनोज यादवले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पताल खोटाङमा भएको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो