२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–१ का २६ वर्षीय सञ्जय साहविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ १३ गते दर्ता गरेको छ ।
आरोपितले चार वर्षदेखि विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको र पछिल्लो पटक वैशाख २१ गते बलात्कार गरेको पीडित युवतीको आरोप छ । पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १२ गते उजुरी दिएकी थिइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १२ गते गरिएको छ । आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको जिल्ल प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले बताउनु भयो ।