INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १२ गते नै जिल्ला अस्पताल, गुल्मीमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो