INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै १४ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ १० गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

न्यायधीश प्रकाश खरेलको इजलासले यस्तो फैसला गर्दै पीडितलाई ४० हजार रुपियाँ क्षतिपुर्ति भराउनसमेत आदेश दिएको हो ।

पीडित बालिकालाई आरोपितले ०७६ असार १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असार १७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार १७ गते गरिएको थियो ।

आरोपित बालकलाई इलाका प्रहरी कार्यालय लहानले असार १७ गते घरबाट गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा साउन ६ गतेदेखि बालसुधार गृह पर्सामा राखिएको थियो ।

अन्य

भिडियो