खाँडाचक्र नगरपालिका-६ दाँहाकी १६ वर्षीया निरू विकको अधा शरीर बाँकी रहेको शव फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
भदौ ४ गतेबाट हराएकी बालिकको शव भदौ ७ गते मकैबारीमा आधा शरीर मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।
‘छोरीको शरीरको तल्लो भाग काटेर फालिएकोले बलात्कारपछि हत्या गरिएको दावी गरेका छौं ।’-निरुका बुबा रत्न कामीले भन्नुभयो । तर, उजुरीमा कसले र किन यस्तो घटना गर्यो भन्ने उल्लेख गरिएको छैन ।
शवको पोष्टमार्टम भदौ ९ गते जिल्ला अस्पतालमा गरेर आफन्तलाई बुझाइएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोली घटनास्थलमा पुगेको डिएसपी शाहको भनाइ छ ।