१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोदावरी नगरपालिका–२ बनखेतका १८ वर्षीय धर्म गिरीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
भदौ ८ गते जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई ५० हजार रूपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई २०७३ साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण २०७३ साउन १७ गते सेती प्राादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
जिल्ला अदालतले कसुर ठहर गरी कैद सजायको फैसला गरेको भएपनि कसुरदार फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर लोकेन्द्र गुरुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।