INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई भदौ ४ गते राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुइ जनालाई गिरफ्तार गरेको छ ।

हुम्लाको सर्केघाट गाउँपालिका–७ का १९ वर्षीय प्रकाश जैसी र सोही ठाउँका २० वर्षीय रामकृष्ण जैसीलाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेबाट भदौ ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते कर्णाली प्रदेश अस्पतालमा गरिएको डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

अन्य

भिडियो