INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाको कसुरमा आजिवन कारावासको फैसला

औरही गाउँपालिका–५ की २१ वर्षीया अनिता यादवलाई २६ वर्षीय पति विनोद यादवले आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले साउन २८ गते आजिवन कारावासको फैसला गरेको छ ।

न्यायाधिश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको हो । अनितालाई ०७६ माघ १० गते चारित्रिक आरोपमा पति विनोदले आगो लगाई हत्या प्रयास गरेको जनाइएको छ ।

आगो लगाएपछि उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेकोमा म्याक्स अस्पतालले थप उपचारको लागि काठमाडौँ रेफर गरेको थियो । काठमाडौँको किर्तिपुर मोडेल अस्पतालमा माघ १२ गते बिहान डाक्टरले अनितालाई मृत घोषणा गरेका थिए ।

मृतक अनिताका बुबा अशोक यादवले जिल्ला पहरी कार्यालय सिरहामा माघ १२ गते उजुरी दिनु भएको थियो । शवको पोष्टमार्टम काठमाडौँस्थित शिक्षण अस्पताल माहाराजगञ्जमा माघ १२ गते गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले विनोदलाई माघ ११ गते मोरङ प्रहरीको सहयोगमा गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनायो ।

अन्य

भिडियो