१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेबीछहरा गाउँपालिका–८ का २३ वर्षीय मानबहादुर सारुलाई साउन २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते पाल्पा अस्पतालमा गरिएको छ ।