INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–६ का ४२ वर्षीय धरमबिर चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

सुस्तमनिस्थिति भएकी बालिका एक्लै हिडिरहेको देखेर आरोपितले कोठामा लगेर साउन १८ गते बलात्कार गरेपछि तत्काल प्रहरीलाई मौखिक जानकारी दिएको पीडितकी माइजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको मैखिक उजुरीका आधारमा प्रहरी परिचालन गरी आरोपितलाई तोरैयापुरबाट गिरफ्तार गरी साउन १९ गते जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी प्रकाश सापकोटाले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते टिकापुर अस्पतालमा गरेको प्रहरीले जनायो ।

अन्य

भिडियो