INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार जिल्ला अनुगमन समितिमा इन्सेक

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय जनकपुरले साउन २० गते गठन गरेको जिल्लास्तरीय मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई चयन गरिएको छ ।

जिल्ला बार एशोसिएसनका अध्यक्ष वीरेन्द्रकुमार सिहंको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा ओरककी देवकुमारी महरा, नेपाल पत्रकार महासङ्घका शिवदयाल यादव, अधिकारकर्मी सुनिलकुमार साह, गैरसरकारी संस्था महासङ्घका बद्रीनारायण यादव, फेडोका शान्ति पासवान, युवा दिलिपकुमार सहनी, महिला मानव अधिकार रक्षक बबिता मिश्र रहेका छन् ।

कोभिड–१९ को सन्दर्भबाट उत्पन्न जटिल परिस्थितिको सेरोफेरोमा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक बिरबहादुर बुढाले बताउनु भयो ।

कोभिड–१९ को बेला सङ्क्रमितहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री तथा औषधिहरूको उपलब्धता, खाद्यान्नको अवस्था, लैङ्गिक हिंसा, महिला तथा बालबालिकामाथि हुने हिंसा, कारागार र हिरासत कक्ष लगायतका मानव अधिकारका विषयमा समितिले अनुगमन गर्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो