INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा माओवादी (क्रान्तिकारी)द्वारा जग्गा कब्जाको घोषणा

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी (क्रान्तिकारी) ले माडी नगरापलिका–३ स्थित भैरवपुरमा रहेको ट्वान्टी वान ग्रुपले प्लटिङ गरेको २५ बिघा जग्गा कब्जा गरेको जनाएको छ ।

चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटाको नेतृत्वमा गएका नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ताको टोलीले सो जग्गामा साउन १६ गते झण्डा गाडेर कब्जाको घोषणा गरेको हो ।

पार्टीका जिल्ला इन्चार्ज सापकोटाले गरिब जनताबाट सस्तोमा जग्गा किनेर भूमाफियाले चलखेल गरेको आरोप लगाउँदै गरिब जनताको स्थायी बसोबासको टुङ्गो नलाग्दासम्म उक्त जग्गाको कारोबारमा रोक लगाइएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले के कति कारणले जग्गा कब्जा गरिएको हो भन्ने थाहा हुन नसकेको बताउनु भयो ।

नेकपाले कब्जा गरेको घोषणा गर्दै उक्त जग्गामा गाडिएको पार्टीको झण्डा इलाका प्रहरी कार्यालय माडीको प्रहरी टोलीले तत्कालै हटाएको प्थिरहरीले जनाएको छ ।

अन्य

भिडियो