इन्सेकका अध्यक्ष र कार्यकारी निर्देशकद्वारा लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको साउन १७ गते अनुगमन सम्पन्न भएको छ ।
अनुगमनका क्रममा इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा डाक्टर इन्दिरा श्रेष्ठले विश्वविद्यालयहरूसँग मिलेर मानव अधिकारका विषयमा अध्यनन थाल्नुपर्ने बताउनु भयो ।

कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नाममा रहेको जग्गा बिक्री गर्न सक्ने सम्भावनाको अवस्था वा कार्यालय भवन निर्माण गर्न सकिने अवस्थाका बारेमा आवस्यक प्रक्रिया अपनाउन सुझाव दिनु भयो ।
यसैगरी, निर्देशक गौतमले कार्यालयको कामका लागि अवस्यक पर्ने उपकरणहरूका बारेमा जानकारी लिनु भएको थियो ।
प्रदेशको मानव अधिकार अवस्था र प्रदेश कार्यालयबाट भइरहेका कामका बारेमा प्रदेश संयोजक भोला महतले जनाकारी गराउनु भएको थियो ।