INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीमाथि कुटपिट, कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित

टोखा नगरपालिकाका खोप फोकल पर्सन हेल्थ असिस्टेन्ट ३७ वर्षीय बसन्त गैरे माथि कुटपिट भएको छ । जसका कारण साउन १७ गतेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको नगरपालिकाका मेयर उद्धव खरेलले बताउनुभयो ।

भेरोसेलको पहिलो मात्राको खोपका लागि टोखा नगरपालिका अन्तर्गतको ग्राण्डी अस्पतालमा साउन १५ गतेदेखि १७ गतेसम्म खोप कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

साउन १६ गते ५० वर्षमाथिका व्यक्ति, चालक, सहचालक र शिक्षकका लागि मात्रै खोप लगाउने कार्यक्रम थियो । कोभिड–१९ विरुद्धको खोपका लागि तोखिएको उमेर समूह र प्राथमिकतामा रहेकाहरूको लागि, माइकिङ तथा ब्यानर मार्फत पनि स्थानीय नागरिकलाई जानकारी गराइएको भए पनि सबै उमेर समूहका मानिसहरूको लामबद्ध देखिएपछि खोप फोकल पर्सन गैरे लाइनमा बसेका व्यक्तिहरूलाई सम्झाउन जाँद उहाँमाथि कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा टोखा नगरपालिका–३ मा व्यवसाय गदै आएका ४८ वर्षीय राम काजी थापालाई प्रहरीले गिरफ्तार गरी महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ । आरोपित विरुद्ध कार्यालय खुलेपछि साउन १७ गते प्रहरीमा उजुरी दिने पीडित गैरेले बताउनु भयो ।

अन्य

भिडियो