INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेकद्वारा कोभिड खोप केन्द्रहरूको अनुगमन

इन्सेकद्वारा लुम्बिनी प्रदेशको कपिलवस्तु र बाँकेमा सञ्चालित कोभिड खोप केन्द्रको अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लामा साउन १३ गते र बाँके जिल्लामा साउन १० देखि १२ गते सञ्चालन भएको खोप अभियानको अनुगमन गरिएको हो ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार अनुगमनका क्रममा लक्षित वर्गले कोभिड विरूद्धको खोप नपाएको गुनासो गरेका छन् । नेपालगञ्ज उप–महानगरपालिकाको –४ मा रहेको खोप केन्द्रमा ७ सय खोप लगाउने भनिएकोमा साउन १० गते २ सय २२ जनाले लगाए भने साउन ११ गते  १ सय ९० जनाको लागि मात्र खोप आएकाले खोप लगाउन नपाएको समाजसेवी शारदा मल्लले बताउनु भयो ।

photo2021072802banke

नेपालगञ्ज उप–महानगरपालिका– ४ की ५५ वर्षीया कमला पुनले खोप लगाउन दुई दिन लाइनमा बसेर पनि नपाएको बताउनु भयो । ̎बिहान १० बजेबाट खोप लगाउन लाइनमा बस्दा खोप छैन, भोली आउनु भन्दै दुई दिन देखि आलटाल गरेको छ ।” उहाँले भन्नु भयो ।

पहुँच भएका व्यक्तिहरूले आफन्त र नजिकका मानिसहरूलाई खोप लगाएका कारण आफु बिहान ११ बजेबाट घाममा लाइनमा बसे पनि  खोप नपाएकोले घर फर्किएको नेपालगञ्ज उप–महानगरपालिका– ४ की ५६ वर्षीया मिना बोहोराले बताउनु भयो ।

photo2021072801banke

अनुगमनका क्रममा कोभिड माहामारीको बेलामा पनि नागरिकहरूले भौतिक दुरी कायम नगरेको , लक्षित वर्गले कोभिड विरूद्धको खोप नपाएको र पहुँचवाला व्यक्तिहरूको आफन्त परिवारका सदस्यहरूलाई कोभिड विरूद्धको खोप लगाएको पाइयो ।

नेपालगन्ज उप–महानगरपालिका –२ स्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण केसीले साउन १० र ११ गते वडाका १ सय ७६ जनाले कोभिड विरुद्धको खोप लगाएको बताउनु भयो । उहाँले ५५ वर्ष  भन्दा माथिको उमेर समूह, पहिलो डोज लगाउन छुटेका ज्येष्ठ नागरिक, प्रध्यापक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक–सहचालक, निजामति कर्मचारीहरूलाई खोप लगाइएको बताउनु भयो ।

photo2021072801kapilvastu

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार बाणगङ्गा नगरपालिका– ४ गजेहडा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कोभिड खोप केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा खोप लगाउन आउने व्यक्तिहरूले र वडा अध्यक्षसमेतले माक्सको प्रयोग नगरेको, खोप केन्द्रमा  भौतिक कायम नगरेका, खोप लगाउने कोठा साँगुरो भएकोले जोखिममा मोल्नु पर्ने अवस्था रहेको पाइयो । यसैगरी,  आफ्ना नजिकका मानिसहरूलाई खोप लगाइएको पाइयो ।

वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले हेर्दा उमेर कम देखिएपनि जन्ममिति हेरेर लक्षित वर्गलाई मात्र खोप दिइएको बताउनु भयो । उहाँका अनुसार बिदेश जाने व्यक्ति , अटो चालक , गाडी चालक , व्यवसायी, शिक्षक, कर्मचारी, चालक, पत्रकार, र अपाङ्गता भएकालाई प्रमाणको आधारमा खोप लगाइएको बताउनु भयो ।

photo2021072802kapilvastu

अन्य

भिडियो