११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय, रामपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते रामपुर अस्पताल गरिएको छ ।