INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा साँघु गाविस-८ ताप्लेजुङका ३२ वर्षीय सन्तबहादुर बराईलीविरुद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित महिलाले दिएको उजुरी दर्ता गरी फागुन ९ गते जिल्ला अदालतवाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितले आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसार पसार गर्न खोजेको आरोपमा समेत उजुरी दिएको उनले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले माघ २८ गतेदेखि फागुन ३ गतेसम्म विभिन्न स्थानमा लगी बलात्कार गर्नुका साथै बेचबिखन गर्न खोजेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पाँचथरमा फागुन ८ गते गरिएको छ ।

अन्य

भिडियो