INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–९ का १८ वर्षीय युवकलाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय गाेरखामा साउन ८ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते गोरखा अस्पतालमा भयो ।

अन्य

भिडियो