नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय किशनकुमार उदासलाई साउन ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा साउन ४ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिका आरोपितको झड्केली छोरी रहेको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितले बयान दिएको डिएसपी केसीको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला इहटरी सामुदायिक अस्पतालमा साउन ४ गते गरिएको छ ।