१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका –११ का ३२ वर्षीय महादेव कुँवर विरूद्ध साउन ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो । पीडितपक्षको मौखिक जानकारीका आधारमा प्रहरीले आरोपितलाई साउन ३ गते गिरफ्तार गरेको असई बारघाटेले बताउनु भयो ।
पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।