INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सजाय तोकिएका व्यक्ति गिरफ्तार

४४ वर्षीया महिला बलात्कार कसुरमा सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका-१ का २७ वर्षीय मदन विकलाई प्रहरीले ०७८ साउन ४ गते  गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०७४ भदौ ४ गते बलात्कार गरेर फरार भएका आरोपितलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नपा-१ बाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आरोपितविरूद्ध जिल्ला अदालतको ०७४ कात्तिक २८ गतेको आदेशले १० वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार याम बास्कोटाले जानकारी दिनु भयो ।

अन्य

भिडियो