INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ले सञ्चालन गर्दै आएको परियोजना तथा मुख्य कार्यक्रमको एक वर्षको समीक्षा तथा आगामी वर्षको योजना बैठक असार २५ गते सम्पन्न गरिएको छ ।

असार २४ र २५ गते काभ्रेको धुलिखेलमा आयोजित बैठकमा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले देशैभर सञ्चालित कार्यक्रमलाई उपलब्धिमूलक बनाउन इन्सेककर्मीले समुदायसँग मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

उहाँले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि इन्सेकले विगतदेखि नै समुदायसँग मिलेर काम गरेको बताउँदै समुदायसँग मिलेर समुदायकै हितमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले जारी गरेका आचारसंहिताको पूर्ण पालनामा जोड दिँदै मानव अधिकारको क्षेत्रमा सम्वेदनशील भएर काम गर्न आग्रह गर्नु भयो ।

इन्सेकले तय गरेका कार्यक्रमलाई सफल बनाउनका लागि इन्सेकमा कार्यरत सबै कर्मचारको उत्तिकै भूमिका हुने भएकाले तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका सम्बन्धित कार्यक्रमका व्यवस्थापकले एक वर्षको प्रगतिका बारेमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमका तर्फबाट श्रीराम बजगाईं र सम्झा श्रेष्ठले, मानव अधिकार शिक्षा कार्यक्रमका तर्फबाट मदन पौडेलले र व्यवस्थापन कार्यक्रमका तर्फबाट सुबेच्छा खड्काले अवस्थाका बारेमा प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी सातै प्रदेशका प्रस्तुतीपछि आगामी वर्षको योजना तयार पारिएको योजना, अनुगमन तथा मूल्याङ्कन कार्यक्रमकी सलिना भट्टराईले जानकारी दिनु भयो ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका साथै सातै प्रदेशका इन्सेककर्मकी सहभागिता रहेको थियो ।

photo20210709kabhre

photo20210708kabhre

अन्य

भिडियो