३० वर्षीया एक महिलालाई फागुन ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा नपा-३ का २४ वर्षीय युवराज बिकलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।
पीडितले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ६ गतेनै जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।