३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर सार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ माघ १३ गतेदेखि पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा अरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।