१४ वर्षीया बालिकालाइ बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले १५ वर्षीय बालकलाई १२ वर्ष कैदको फैसला गरेको छ ।
कसुर ठहर भएपछि न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले असार २९ गते उक्त फैसला गरेपनि आरोपित बालक भएका कारण ६ वर्ष कैद मिनाहा गरी ६ वर्ष मात्रै कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई ०७६ चैत १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा ०७७ वैशाख १ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा ०७७ वैशाख १ गते गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।