INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई असार २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका–३ का १८ वर्षीय लखिचन सदायलाई सोही दिन गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २७ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार २७ गते गरिएको छ ।

पीडित बालिकालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्नु परेको र आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोग गरीदिन पीडित बालिकाकी आमाले अनुरोध गरेकी छन् ।

आरोपित सदायलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

यसैबिच ३१ वर्षीया महिलालाई असार २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–११ का २२ वर्षीय राजेश दासलाई असार २७ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २७ गते उजुरी दिएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार २७ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपित दासलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

अन्य

भिडियो