धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिंहदरबार गेट घेर्न गएका नागरिक अभियन्ताहरूमध्ये २६ जनालाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार नागरिक अभियान्ताहरूमा युग पाठक, नारायण वाग्ले, अर्चना थापा, प्रणेता, अनुभव अजित, अरूणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरूण थापा, नविन तिवारी, वसन्त छिपा, विमल अर्याल, गोविन्द छन्त्याल, श्रवण मुकारूङ, राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, डा सञ्जीव उप्रेती, चन्द्रवीर तुम्बापो, प्रदिप सेढाई , नरेश ज्ञवाली, डा कुम्भराज जोशी, प्रशान्त राई, विष्णु अधिकारी, छम गुरूङ, मनोज खतिवडा र डा एलबी बस्नेत रहेका छन् । ।
उनीहरूलाई नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा राखि साँझनै रिहा गरिएको गिरफ्तार गरिएका विमल अर्यालले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनरत पक्षले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी बर्हिगमनलाई बटमलाइन बनाएका छन् ।
सोही आन्दोलनको समर्थनमा सरकारलाई दबाब दिन अभियान्ताहरू सिंहदरवार घेराउन गर्न भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई प्रतिष्ठानले वार्ताबाट निकासका लागि चासो नदिएपछि जारी आन्दोलनलाई काठमाडौँमा नागरिक अभियान्ताहरूले साथ दिँदै आएका हुन् ।