INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका–७ का २७ वर्षीय महेन्द्र सापकोटालाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका असार २५ गते बारीमा घाँस काट्न गएको समयमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २६ गते भण्डारा इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान थालिएको डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो