INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सान्नीत्रिवेणी गाउँपालिका–४ का ३९ वर्षीय मनवहादुर शाहीलाई असार २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको अस्पतालका सूचना अधिकारी कटक महतले बताउनु भयो ।

अन्य

भिडियो