INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का २२ वर्षीय भरतलाल यादवलाई असार २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपित यादव र सुखिपुर नपा–४ का ३७ वर्षीय रामबालक साहले असार १५ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असार २१ गते उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २१ गते गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गर्न असार २२ गते अदालतबाट म्याद थप गराएको र अर्का आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।

अन्य

भिडियो