INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–११ बनभुसडीका ५२ वर्षीय नारायण कुँवरलाई असार १७ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार १७ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिवाकर रिजालले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो